Logo

१९ असार, वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर २६ अठरहाँमा दादूरा–ठेउला रोग देखा परेको छ । वडा नम्बर २६ अठरहाँका एकै घरमा ४ देखी ५ जनालाई दादूरा र ठेउला रोग रहेको स्वास्थ्य चौकी सुगौली वीर्ताका इन्चार्ज राम कुमार यादवले बताउनुभयो ।

वीरगन्ज महानगरपालिका वडा २६ अठरहाँका २५ जना भन्दा बढीमा ठेउला रोग देखा परेको उहाँले जानकारी दिनुभयो । स्थानीयले स्वास्थ्य संस्थामा परीक्षण गर्न जाँदा ठेउलाको बिरामी फेला परेको हो । दैनिक ५÷६ जनाको संक्रमणका विरामी सम्पर्कमा आउने गरेको उहाँको भनाइ छ ।

सुगौली विर्तामा पुष र माघ महिनामा ठेउला देखिएको भएतापनि वर्षातको मौसममा फेरी देखिएको स्वास्थ्यकर्मी श्रवण कुमारले जानकारी दिनुभयो । यता ठेउला रोग देखा परेको वीरगन्ज महानगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई जानकारी पाएपछि थप अनुसन्धानका लागि स्वास्थ्यकर्मी र स्वास्थ्य कार्यालय पर्साको टोलीले निरीक्षण गरेको छ ।

महानगरपालिकाको छुट्टै टोली र सुगौली विर्ताको स्वास्थ्यकर्मीहरुको टोलीले गाउँमा पुगेर परीक्षण गर्दा ठेउला रोग नै भएको स्प्रष्ट भएको हो । अनुसन्धानका लागि पुगेका टोलीमा नारायणी अस्पतालका छाला विभागका डा. रोहित गुप्ता, वीरगञ्ज महानगरका स्वास्थ्य शाखाका रितेश जैशवाला, तथा स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ अधिकृत जयमोद ठाकरको नेतृत्वको टोलीले निरिक्षण गदैं यो महामारी जस्तै अवस्था भएकोले आज स्वास्थ्य शिविरको आयोजना हुर्ने जानकारी दिनुभयो ।


सम्बन्धित समाचार