Logo

२० असार, वीरगन्ज । प्रमोद अग्रहरी, सोहित मानन्धर र रिस्ता बस्नेतको शीर्ष भूमिका रहेको फिल्म ‘अदृश्य’ साउन १९ गते रिलिज हुने भएको छ । निर्माताले प्रमुख कलाकारलाई समेट्दै नयाँ पोस्टर सार्वजनिक गरेका छन् ।

‘अदृश्य’को पोस्टरमा उनी ग्याङस्टर लुक्समा देखिएका छन् । एक्सन र थ्रिलर जनरामा राखिएको अदृश्य सोहित र रिस्ताको लागि पनि महत्वपूर्ण छ । २०७६ सालमा रिलिज भएको ‘पोइ पर्‍यो काले’पछि सोहितको पनि यो कमब्याक फिल्म हो । रिस्ताको पछिल्लो फिल्म ‘पासो’ थियो ।

पिताम्बर फिल्म्सको प्रस्तुतिमा निर्माण भएको ‘अदृश्य’लाई मीना बस्नेतले निर्माण गरेकी हुन् । प्रवीण खतिवडा, छुल्ठिम गुरुङ, रवि गिरी, सीएम भारद्वाज सुवेदी, विकेश प्रजापति, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीपबाबु लोहनी, रुपेश दाहाल, सलिन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतका कलाकारको पनि फिल्ममा अभिनय छ ।

आकाश उखेडाको कथा, पटकथा तथा संवाद, उत्तम हुमागाईं र मोहनकुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत रहेको ‘अदृश्य’मा शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पार्श्व संगीत, निशान घिमिरेको रंग संयोजन र बनिश शाहको सम्पादन छ ।


सम्बन्धित समाचार