Logo

२० असार,वीरगञ्ज । श्रीमतीको हत्या आरोपमा सप्तरीमा एकजना पक्राउ परेका छन् । ३२ वर्षीया किरणकुमारी चौधरीको हत्या गरेको अभियोगमा सम्भुनाथ नगरपालिका–५ मोहनपुर बस्ने इनरदेव चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको भनिए पनि सोधपुछ गर्दा उनको संलग्नता रहेको पाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


सम्बन्धित समाचार