Logo

पर्साको वीरगंजमा फेरि चोरीको घटना बढेको छ । अहिले वीरगञ्जका विभिन्न स्थानहरुमा दिउँसै मोटरसाइकल, हेल्मेट, साइकल लगायतका सामानहरु चोरी हुन थालेको छ ।

केहि महिना अघि मात्र गल्ली गल्लीमा पर्सा प्रहरीले टोली प्रहरी खटाएर चोरीमा संलग्नहरुलाई धमाधम पक्राउ गर्ने गरेको थियो । जस कारण चोरीका घटनाहरुमा समेत कमि आएको थियो । तर पुनः प्रहरी गस्ती फितलो हुदाँ चोरहरु सक्रिय भएको स्थानियको भनाइ छ । गत सोमबार मात्र राष्ट्रिय जनआवाज अनलाइन समाचार पोर्टलका अध्यक्ष अनुप यादवको मोटरसाइकलबाटै महत्वपूर्ण कागजात र वर्षाती चोरी भएको छ ।

वीरगञ्जको रानीघाटमा मासु पसल अगाडि मोटरसाइकल पार्क गरि सामान किन्न गएको समयमा यादवको सामान चोरी भएको उहाँको गुनासो छ । यादवले एकैछिनमा सामान किनेर फर्किएर हेर्दा मोटरसाइकलको लेगार्डमा झुण्ड्याईएको झोला हराएको जानकारी दिनुभयो ।

मासु पसलमा जडान गरिएको सिसिटिभी क्यामरामा एकजना व्यक्तिले उक्त कागजातहरु चोरेर लगिएको फुटेज कभर भएको यादवको भनाइ थियो । यादवले प्रहरीको फितलो सुरक्षा व्यवस्थाका कारण विशेषत् वीरगञ्जको भित्री ठाँउहरुमा चोरहरु सक्रिय रहने दावी गर्नुभएको छ ।


सम्बन्धित समाचार