Logo

फाइल तस्बिर

२० असार,वीरगञ्ज । मनसुन सुरु भएयता नेपालमा बाढी,पहिरोबाट हालसम्म २४ जनाको मृत्यु भएको छ ।गृह मन्त्रालय अन्तर्गत रहेको पूर्वतयारी तथा प्रतिकार्य शाखाले दिएको जानकारी अनुसार पहिरोबाट हालसम्म १५ जनाको मृत्यु र ५ जना बेपत्ता तथा १३ जना घाइते छन् ।

अहिलेसम्म बाढी–पहिरोबाट ४ करोड ८० लाख बराबर क्षति भएको शाखाले जनाएको छ । पहिरोबाट मृत्यु हुनेमा पुरूष ११ जना र महिला ४ जना रहेका छन् । पहिरोबाट ४५४ घर परिवार प्रभावित भएको शाखाले जानकारी दिएको छ ।

यस्तै, बाढीबाट ९ जनाको मृत्यु भएको छ । २० जना बेपत्ता रहेको गृह मन्त्रालयको तथ्यांक छ । बाढीबाट मृत्यु हुनेमा पुरूष ५ जना, महिला ३ र पहिचान हुन नसकेको १ जना रहेको गृहमन्त्रालयले जानकारी दिएको छ ।

बाढीबाट ११२ घर परिवार प्रभावित भएको तथ्यांक छ । बाढीबाट ४ करोड ६६ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको मन्त्रालयले आँकलन गरेको छ । त्यस्तै,पहिरोबाट १३ लाख ४१ हजार ५०० रुपैयाँ बराबरको धनमाल नष्ट भएको बताइएको छ ।

अहिलेसम्म संखुवासभामा बाढीपहिराले बढी क्षति पु¥याएको छ । संखुवासभामा ३ जनाको मृत्यु र १९ जना बेपत्ता रहेको तथ्यांक छ ।


सम्बन्धित समाचार