Logo

२० असार, बलिउड। बलिउड अभिनेता वरुण धवन र जान्हवी कपूरको आगामी फिल्म बवालको टिजर अहिले सार्वजनिक गरिएको छ। नितेश तिवारीले निर्देशन गरेको फिल्ममा वरूण र जाह्नवीसँगै पार्थ सिद्धपुरा, गुञ्जन जोशी, सतेन्द्र सोनीलगायत कलाकारको अभिनय छ। वरूण र जाह्नवीले पहिलो पटक एकसाथ फिल्ममा काम गरेका हुन्। यो उनीहरुको सबैभन्दा महँगो फिल्म भएको बताइएको छ । टिजरले चलिरहेको युद्धको बीचमा दुखद प्रेम कथालाई संकेत गर्दछ।

हालै निर्माता साजिद नाडियाडवालाले एक विज्ञप्तिमा भनेका छन्, ‘बावल मेरो लागि एकदमै विशेष फिल्म हो, र मेरो सबैभन्दा महत्वाकांक्षी प्रोजेक्ट हो । मेरो सबैभन्दा मनपर्ने चलचित्र निर्माता नितेश तिवारीले निर्देशन गरेको यो चलचित्रलाई वरुण र जान्हवीले आफ्नो पहिलो चलचित्रमा सँगै मिलेर उत्कृष्ट प्रदर्शन गरेको यो चलचित्र निर्माण गर्न पाउँदा एकदमै खुशी लागेको छ। मलाई बावलमा धेरै गर्व छ, र यो जुलाईमा प्राइम भिडियोमा यसको विश्वव्यापी प्रिमियर घोषणा गर्न पाउँदा म रोमाञ्चित छु।”

टिजर सेयर गर्दै जान्हवीले लेखेकी छिन्, ‘प्रेम कहिले पनि सजिलो हुँदैन, केही बावलको लागि तयार हुनुहोस्!

यो फिल्म २१ जुलाईमा अमेजन प्राइम भिडिओमा प्रदर्शन हुनेछ।

 


सम्बन्धित समाचार