Logo

२० असार,वीरगञ्ज । पर्सा प्रहरीले बिल बिजकभन्दा बढी स्टेशनरीका सामान लोड रहेको एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले ना.२ ख ७३११ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज–२४ रामगढवामा ड्राईपोर्टबाट आएको उक्त ट्रकबाट प्रहरीले चेकजाँच गर्ने क्रममा ५९ लाख ८३ हजार ४२ रुपैयाँ बराबरको स्टेशनरीका सामानहरु बरामद गरेको थियो । ट्रकमा लोड रहेको सामानहरुको बिल बिजक शँकास्पद देखिएकोले नियन्त्रणमा लिईएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिनुभयो ।

ट्रक सहित ट्रकभित्र लोड रहेका सामाग्रीहरुलाई थप अनुसन्धान तथा कारवाही लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको डिएसपी गिरीले बताउनुभयो ।


सम्बन्धित समाचार