Logo

२० असार,काठमाडौँ । राष्ट्रिय सभा बैठक भोलिसम्मका लागि स्थगित भएसँगै मिटरब्याजसम्बन्धी विधेयक निष्क्रिय भएको छ।

राष्ट्रियसभाले विधेयक पारित गरेर सन्देशसहित शुक्रबार प्रतिनिधिसभामा पठाएको थियो। प्रतिनिधिसभाले आज विधेयक पारित गरेर सन्देशसहित आजै राष्ट्रिय सभामा पठाउनुपर्थ्यो। राष्ट्रिय सभा बैठकमा आजै सन्देश टेबुल भई स्विकार गरेर राष्ट्रिय सभा अध्यक्षले प्रमाणित गरि राष्ट्रपति कहाँ प्रमाणीकरण गर्न पठाउनुपर्थ्यो।

तर, राष्ट्रिय सभा बैठक भोलिसम्म सारिएपछि कानुनी रिक्तताको अवस्था सिर्जना भएको संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए।

 


सम्बन्धित समाचार