Logo

२१ असार,वीरगञ्ज । ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन वीरगन्जको घण्टाघर चोकमा ट्राफिक संकेतको लाईट जडान भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको पहल र वीरगन्ज महानगरपालिकाको सहयोगमा उक्त ट्राफिक लाईट जडान गरिएको ट्राफिक प्रमुख प्रहरी निरिक्षक मणिराम थापाले बताउनुभयो ।

ट्राफिक लाईट नहुँदा जथाभावी सवारी चलाउने र ट्राफिक व्यवस्थापन गर्न समस्या भइरहेको हुँदा महानगरको सहयोगमा ट्राफिक लाईट जडान गरिएको उहाँले बताउनुभयो । ट्राफिक लाईट जडानका लागि दिल्लीबाट प्राविधिकहरु ल्याएर जडान गरिएको र अब केही दिन भित्रै ट्राफिक प्रहरीहरुलाई ट्राफिक लाईट सञ्चालनको बारेमा तालिम दिएर तुरुन्तै संचालनमा ल्याउने काममा आफु जुटेको ट्राफिक प्रमुख प्रहरी निरिक्षक थापाले बताउनुभयो ।

पहिलो चरणमा ट्राफिक लाईट घण्टाघर चोकमा लगाइएको र अर्को चरणमा पावरहाउस चोक, बसपार्क चोक गरी अन्य चोकहरुमा पनि जडान गर्ने आफ्नो लक्ष्य रहेको थापाले बताउनुभयो । सकेसम्म साउन १ गते बाट नै ट्राफिक लाईट संचालनमा ल्याउने तयारी भईरहेको ट्राफिक प्रमुख प्रहरी निरिक्षक थापाले बताउनुभयो ।


सम्बन्धित समाचार