Logo

२२ असार,वीरगञ्ज । युरिया मल कालोबजारी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–२ बस्ने २८ वर्षीय दीपेशकुमार साह छन्। उनले ५० केजीको मलको बोरालाई ५ केजी घटाएर बेच्ने गरेको प्रहरीले जनाएको छ।

साह वीरगञ्ज महानगरपालिका वडा नं.२१ हनुमान मन्दिर चोक स्थित बारा परवानीपुर गाउँपालिका वडा नं.३ बस्ने सुरेन्द्र प्रसाद यादवको घरमा सटर भाडामा लिइ रासायनिक मल गोदाम संचालन गर्दै आएका थिए ।

उनको गोदामबाट प्रहरीले साल्ट ट्रेडिङ कार्पेरेशन लिमिटेडको खेती शक्ति युरिया मल ५० केजीको ४५ बोरा, भारतीय जन उर्वरक परियोजनाको युरिया मल ४५ केजीको १५ बोरा, बिआर ०१ ए एस ३५६३ मोटरसाइकल, युरिया मलको खाली बोरा–३२ थान,भारतीय युरिया मलको खाली बोरा १६ थान बरामद गरेको पर्साका प्रहरी प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए।


सम्बन्धित समाचार