Logo

फाइल तस्बिर

२३ असार,काठमाण्डौ । मिटरब्याज पीडितले देशभरबाट अहिलेसम्म झण्डै २४ हजार उजुरी दिएका छन् । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगका अनुसार परेका उजुरीमध्ये एक हजार तीन सय ८५ वटामा मेलमिलाप भएको छ ।

यसअघि सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिनसक्ने व्यवस्था गरेको थियो ।आयोगका सदस्य एवं पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) उत्तमराज सुवेदीका अनुसार फर्छ्यौट भएका उजुरीमध्ये ३० प्रतिशत अदालतबाट फैसला भएका मुद्दासमेत रहेका छन् ।

अदालतबाट पीडितकाविरुद्धमा फैसला भएको भन्दै उनीहरुले त्यस्तो निर्णय खारेजी हुनुपर्ने माग समेत गरेका थिए । आयोगका सदस्य सुवेदीका अनुसार पीडितहरूले अहिलेसम्म साहुको नाममा पुगेका ३० कित्ता जग्गा समेत फिर्ता पाइसकेका छन् ।

अहिले मेलमिलापलाई नै प्राथमिकता दिएको र मिलाप हुन नसकेका गम्भीर प्रकृतिका घटनाका विषयमा मात्रै कारबाहीका लागि सिफारिस गर्ने तयारी छ । आयोगले गएको वैशाख १७ गतेदेखि धनुषाको जनकपुरमा कार्यालय स्थापना गरी काम अगाडि बढाएको छ ।


सम्बन्धित समाचार