Logo

२३ असार,सर्लाही । सर्लाहीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले २८ वर्षीय नैना कुमारी महतोको हत्या गरेको आरोपमा जिल्लाको हरिवन नगरपालिका– ५ घुर्कौली टोल बस्ने ३५ वर्षीय राम भरोश महतो भन्ने अर्जुन महतोलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पञ्जियार थारुका अनुसार घरायसी विवाद हुदाँ अर्जुनले हिजो दिउँसो उनकी श्रीमती नैनामाथि खुकुरी प्रहार गरेका थिए ।

नैनाको घाँटीमा खुकुरी प्रहार गरेर हत्या गरिएको डिएसपी थारुले बताउनुभयो ।घटना विषयमा थप अनुसन्धान भईरहेको सर्लाही प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार