Logo

२३ असार,वीरगञ्ज । प्रेस सेण्टर नेपालका केन्दीय अध्यक्ष विष्णु सापकोटा (जुगल) ले वर्गीय पक्षधरताको लडाइँमा एकताबद्ध हुन निर्देशन दिनुभएको छ ।

देशमा परिवर्तन गर्न, उत्पीडित जाति वर्गको उत्थानका लागि लडेर आएको पार्टीको विचारसँग सहमत भएर नै अहिलेको परिवर्तन सम्भव भएकोले अब लेख्ने पत्रकारहरूको संगठन निर्माणका लागि र प्रविधिको विकाससँग जनताको आवाजलाई मुखरित गर्न सक्नुपर्ने बताउनुभयो ।

अहपले सांकेतिक हिसाबले ब्रेक गर्न खोजिएको भन्दै एक वडा एक पत्रकार एक पालिका एक कमिटिको नीति चौथो महाधिवेशनले पारित गरेकोले त्यसको लागि पनि अभियान जारी रहेको जानकारी दिनुभयो ।

प्रेस सेण्टर नेपालका उपाध्यक्ष तथा मधेस प्रदेशका इञ्चार्ज गोविन्द देवकोटाको अध्यक्षतामा भएको बैठकले मधेस प्रदेशको साधारणसभा गर्ने, पत्रकार महासंघको सदस्यता सुद्धिकरण र नयाँ सदस्यतामा महासंघले पूर्वाग्रही ढंगबाट गरिए त्यसको प्रतिवाद गरिने त्यसको लागि टास्कफोर्स बनाएर समाधान गर्नुपर्ने लगायतका निर्णय गरिएको छ ।

बैठकमा मधेस प्रदेशबाट केन्द्रीय समितिमा रहेका पदाधिकारी, केन्द्रीय सदस्य, मधेस प्रदेश समितिका पदाधिकारी, जिल्ला अध्यक्षहरूको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार