Logo

२३ असार,वीरगञ्ज ।साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालू आर्थिक वर्षमा झन्डै एक लाख ५५ हजार मेट्रिक टन रासायनिक मल भित्राएको छ । चालू आर्थिक वर्षको १२ महिनामा साल्ट ट्रेडिङको प्रधान कार्यालय काठमाडौं मातहत विराटनगर, वीरगंज र भैरहवा प्रादेशिक कार्यालय मार्फत उक्त मल भित्राएको हो ।

वीरगंजस्थित प्रादेशिक प्रमुख अमोज लामिछानेले साल्ट ट्रेडिङले चालू आर्थिक वर्षमा युरिया एक लाख ३१ हजार मेट्रिक टन, डिएपी ६५ हजार मेट्रिक टन, पोटास २५ सय मेट्रिक टन भित्राउनु पर्ने जिम्मा पाएकोमा युरिया एक लाख ११ हजार मेट्रिक टन, डिएपी ४५ हजार मेट्रिक टन मात्र भित्राएको जानकारी दिनुभयो ।

अब युरिया र डिएपी २०/२० हजार मेट्रिक टन र पोटास पूरै अर्थात् २५ सय मेट्रिक टन ल्याउन बाँकी रहेकोमा केही दिनमैं उक्त मल पनि आउने क्रममा रहेको लामिछानेले बताउनुभयो । उहाँका अनुसार विराटनगर, वीरगंज र भैरहवा कार्यालयबाट नेपालका पहाडी तथा दुर्गम जिल्लाहरूमा मल आपूर्ति एवं ढुवानी गरिन्छ ।

वीरगंज कार्यालयले मधेस प्रदेशका आठ जिल्ला, बाग्मती र गण्डकी प्रदेशमा मल पठाउने गरेको मधेस प्रदेश वीरगञ्ज कार्यालय प्रमुख लामिछानेको भनाइ छ । साल्ट ट्रेडिङले रासायनिक मल आइपिएल इन्डिया र दुबईको विल्सन कम्पनीबाट खरीद गर्ने जनाएको छ । साल्ट ट्रेडिङले भित्रााएको कुल मलमध्ये ८४ हजार मेट्रिक टन नेपाल सरकारको कृषि मन्त्रालयको कोटाबाट पाएको थियो भने ग्लोबल टेन्डर अन्तर्गत फास्ट ट्र्याकबाट ४७ हजार मेटन ल्याउने जिम्मा पाएको थियो ।


सम्बन्धित समाचार