Logo

२४ असार काठमाडौं। संघीय संसद्अन्तर्गत आइतबार दुवै सदनको बैठक बस्दैछ । राष्ट्रिय सभाको बैठक बिहान ११ बजेर ३१ मिनेट तथा प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्न लागेको हो ।

आजको राष्ट्रियसभा बैठकमा विनियोजन विधेकमाथिको छलफल जारी राख्ने कार्यसूची छ । यस्तै, प्रतिनिधिसभा बैठकमा मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक पेस गर्ने सम्भावित कार्यसूची छ ।

त्यस्तै, राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।

आजको प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने पनि कार्यसूची छ । त्यस प्रस्तावमाथि राप्रपा सांसद ज्ञानबहादुर शाही, नेमकिपाका सांसद र रास्वपाकी सांसदद्वय सोबिता गौतम र सुमना श्रेष्ठबाट प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

आजकै बैठकमा कानुनमन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ ।


सम्बन्धित समाचार