Logo

भारतीय फिल्म ‘गदर’ र ‘गदर २’ का निर्देशक अनिल शर्माले फिल्म निर्देशनका साथै प्रोडक्सनको जिम्मा सम्हालेका थिए। तर फिल्मकी अभिनेत्री अमीषा पटेलले खराब व्यवस्थापन गरेको आरोप लगाएकी छन्।

चन्डीडढमा ‘गदर २’ को सेटको खराब व्यवस्थापन रहेको बताउँदै उनले अनिल शर्माको प्रोडक्सन हाउसलाई दोषी बताएकी छन्। उनले मेकअप आर्टिस र कस्ट्यूम डिजाइनरलाई पनि उनीहरूको काम अनुसारको पारिश्रमिक नदिएको खुलासा गरेकी छन्।

उनको आरोपलाई खण्डन गर्दै अनिल शर्माले दैनिक भास्करलाई भने, ‘उहाँले किन यस्तो भन्नू भयो मलाई थाहा छैन। म यति भन्न चाहन्छु कि यो सबै झुठो हो। म अमीषा पटेललाई धन्यवाद भन्न चाहन्छु। उहाँले मेरो प्रोडक्सन हाउसलाई चर्चित बनाइदिनु भयो। यो भन्दा ठूलो कुरा के हुन् सक्छ?’

फिल्ममा सनी देओल, अमीषा पटेल, उत्कर्ष शर्मा, मनिष वधवा, गौरव चोपडा, लुभ सिन्हा, सिम्राट कौरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा शक्तिमान तलवारले लेखेका हुन्।

उत्कर्ष निर्देशक अनिल शर्माका छोरा हुन्। उनले सन् २००१ मा ‘गदर’ मा बच्चाको भूमिका निर्वाह गरेका थिए। नजीव खानले छायांकन गरेको फिल्मलाई सञ्जय संखलाले सम्पादन गरेका हुन्।

यो फिल्म अगष्ट ११ देखि प्रदर्शन हुँदैछ।


सम्बन्धित समाचार