Logo

२४ असार काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभाको बैठक आज पनिअवरोध गरेको छ । २० असार देखि उसले नियमिति रुपमा राष्ट्रिय सभा र प्रतिनिधिसभाको बैठक चल्न दिईरहेको छैन । आज चौथो दिन पनि राष्ट्रिय सभा बैठक सुरु हुने वित्तिकै एमालेका सांसदहरुले उठेर विरोध गरेका थिए ।

गत असार १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिब्यक्ति लाइ लिएर एमालेले संसद बैठक अवरोध गरिरहेको हो । राष्ट्रियसभाको बैठकमा बोल्दै एमाले सांसद भगवती न्यौपाने प्रधानमन्त्रीले देश र जनतालाई धेरै ढाँटेकाले अब जवाफ होइन राजीनामा आउनुपर्ने बताइन्।

उनले भनिन्, ‘उहाँले अहिले मात्रै होइन एमसीसीमा पनि त्यसरी नै ढाँट्नुभयो। अमेरिकालाई पास गर्छौ भनेर समय तोकेर पत्र पठाउनुभयो। यहाँ कार्यकर्तालाई उफार्नुभयो। उहाँ नाटक गर्न सिपालु हुनुहुन्छ। उहाँले राष्ट्रियताको विषयमा धावा बोल्नुभएको छ। भारतलाई सरकार बनाउनको लागि खुला रूपमा आमन्त्रण गर्नुभएको छ। केही समयअघि पनि उहाँले भारतको कम्फर्टेबल सरकार बनाउनको लागि सहयोग माग्नुभयो। उहाँले त्यस्ता गल्ती धेरै गर्नुभयो।’

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरिरहेको छ । प्रधानमन्त्रीले प्रितम सिंह सरदारको पुस्तक विमोचनमा उनले आफुलाई प्रधानमन्त्री बनाउनका लागि सदासयता देखाएर दिल्ली जाने गरेको नेपालकै नेताहरुसँग पनि कुराकानी गरेको आसयको अभिब्यक्ति दिएका थिए । त्यसपछि एमालेले प्रधानमन्त्रीको अभिब्यक्ति राष्ट्रहित विपरित रहेको भन्दै प्रधानमन्त्रीले जवाफ दिने होइन, राजीनामा नै दिनुपर्ने अडान राखिरहेको छ ।

प्रतिनिधिसभाको बैठक पनि आजै दिउसो बोलाइएको छ ।

राष्ट्रिय सभामा एमालेको अवरोधका कारण आजको बैठक २५ गते समोबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरि स्थगित भएको छ ।


सम्बन्धित समाचार