Logo

२४ असार, वीरगञ्ज । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराईको नियुक्तिलाई नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेको छ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको एकिकृत रुपमा असार २९ गतेदेखि कारोबार गर्ने निर्णय गरेको छ ।

दुबै कम्पनी बीचमा २०७९ आषाढ ३० गते एकिकृतको प्रारम्भिक सहमति र २०८० जेष्ठ ३ गते अन्तिम सहमति भएको थियो । दुबै सम्झौतामा महालक्ष्मी लाईफका प्रभुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईलाई मर्जर पछिको आगामी ४ वर्षको लागि एकिकृत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने सहमति भएको हो । उक्त सहमतिलाई प्रभु र महालक्ष्मी लाईफको गत जेष्ठ २६ गते भएको वार्षिक साधारण सभाले अनुमोदन गरे पछि मात्र बीमा प्राधिकरणले नियुक्ति स्वीकृति दिएको हो ।

व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गर्नु भएका रमेश कुमार भट्टराई महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको स्थापनाकाल देखिको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । २०३८ सालमा नेपाल बैंक लि।को अधिकृत बाट बैकिङ करिअर प्रारम्भ गर्नुभएको उहाँले विगत ४२ वर्षदेखि बैंक र बीमा क्षेत्रमा निरन्तर सेवारत हुनुहुन्छ ।

२०५२ मंसिर १५ गते बीरगंजमा स्थापित महालक्ष्मी फाइनान्स लिमिटेडमा प्रथम पटक वहाँ संस्थापक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त हुनु भएको थियो । सो पश्चात उहाँ निरन्तर नेपाल लाईफ इन्स्योरेन्स, एशियन लाईफ इन्स्योरेन्स, महालक्ष्मी बिकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत हुनु हुन्छ ।

विगत २८ वर्ष देखि निरन्तर कार्यकारी प्रमुख जस्तो नेतृत्वदायी भुमिकामा रहनु भएको उहाँले कार्यरत सबै कम्पनीलाई सफल नेतृत्व प्रदान गर्नुभएकोले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई पनि उन्नतिको बाटोमा अघि बढाउदैँ लैजाने संयुक्त मर्जर समितिका सदस्य सचिव कमल पन्थीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार