२४ असार,वीरगञ्ज । पर्साबाट प्रहरीले भन्सार छली चोरी पैठारी गरि ल्याएको विभिन्न लत्ताकपडा, खाद्यन्न, हार्डवेयर तथा ईलेक्ट्रोनिक सामान बरामद गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय विर्ताको संयुक्त टोलीले ६ लाख ९८ हजार मूल्य बराबरको काजु– १९ डिब्बा, पाईन्ट रोल कपडा–२८ थान, होल्डर ४३ प्याकेट सामान बरामद गरेको हो ।
यस्तै वडा प्रहरी कार्यालय विर्ता, प्रहरी चौकी ईनर्वा र अस्थाई प्रहरी पोष्ट ईनर्वागाँउको टोलीहरुले पुजा मिश्री– १०० किलो, लेगीज सुरुवाल– ९ पिस, मोटरसाइकल पार्टसहरु, चिनि–२५ किलो, लेडिज कुर्ता– १६० पिस, चप्पल– ३३ जोर, मिट मसाला– १ बोरा र किराना पसलका समानहरु– १ बोरा नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिनुभयो ।
बरामद सामाग्रीहरुलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको प्रवक्ता गिरिले बताउनुभयो ।