Logo

२५ असार,वीरगञ्ज । शक्तिकेन्द्रको पहुँचमा सार्वजनिक नाला अतिक्रमण गरेर बनाएको संरचना वीरगञ्ज महानगरपालिकाको डोजर पसेर भत्काईदिएको छ ।

महानगरपालिकाले सार्वजनिक नालामाथि बनाईएको संरचना भत्काउन पटक पटक आग्रह गर्दा समेत हरिखेतान क्याम्प्सले अटेर गरेपछि आज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह आफै उपस्थित भएर डोजरले सार्वजनिक संरचना भत्काउनु लगाउनु भएको हो ।

क्याम्पसले सार्वजनिक नालामाथि संरचना बनाउँदा नाला सफाईमा अवरोध भएको र पटक पटक हटाउन पत्राचार गर्दा, भेटेर आग्रह गर्दा समेत क्याम्पस प्रशासनले आग्रह गर्दा समेत अटेर गरेपछि सोमबार महानगर प्रमुख सिंह सहितको टोली डोजर लिएर गएर संरचना भत्काएको हो ।

सार्वजनिक नालामाथि गरिएको अतिक्रमण हटाउने क्रममा हरिखेतान क्याम्पसको संरचना पनि महानगरले भत्काउन थालेको हो । वीरगञ्ज महानगरलाई डुबानबाट जोगाउन सार्वजनिक ढल नाला सफाई गर्दा नालामाथि बनाईएका संरचनाले अवरोध गरेकोले नालामाथिको संरचना हटाउने कार्यलाई महानगरपालिकाले तीब्रता दिएको छ ।


सम्बन्धित समाचार