Logo

२५ असार, वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल पर्साले पार्टी पदाधिकारी र सदस्यहरुलाई आज एक कार्यक्रमका बिच पद तथा गोपनियताको सपथ ग्रहण गराएको छ ।

जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपालका राजनीतिक समिति सदस्य सुरेन्द्र प्रसाद कुर्मिले जेष्ठ १५ गते मनोनयन गरिएका ३ उपाध्यक्ष क्रमश अजय प्रसाद चौरसीया नागेन्द्र प्रसाद यादव र मिथिलेश सिंह , उपसचिव २ जना क्रमशः नुर आलम अन्सारी , सुनिल कुशवाहा र १ कोषाध्यक्ष गरि कुल ७५ जना पदाधिकारी एवम् सदस्यहरुलाइ पद तथा गोपनियता शपथ ग्रहण गराएका हुन ।

कार्यक्रममा मनोनीत गरिएका पदाधिकारी एवम् सदस्यहरुलाइ गम्छा र टीका लगाइ सम्मान गरिएको जिल्ला सचिव तरवेज अहमदले बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथिले आजको कार्यक्रमले नेता र कार्यकर्तामा थप उत्साह ल्याउने दाबी गर्नु भयो र अब यो समितिलाइ गाउँ गाउँ र टोल टोल पुगि संगठनलाई थप चुस्त दुरुस्त बनाउने निर्देशन समेत दिनु भयो ।

जिल्ला अध्यक्ष यादवले कार्यक्रम समापन गर्दै अब हामी आफुलाइ समय सापेक्ष परिवर्तन गरि संगठनको काममा लाग्ने र छिटोभन्दा छिटो कार्यकारिणी समितिको बैठक बसि विभिन्न आयोगहरु समेत गठन गरि अगाडी बढ्ने कुरामा जोड दिनु भयो ।

कार्यक्रममा केन्द्रिय सदस्य रेखा साह, संघीय शिक्षक फोरमका केन्द्रिय सदस्य हरेन्द्र चौरसीया, शेख खुर्सेद, जयनारायण पटेल, प्रदिप जयसवाल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य जसपा जिल्ला कोषाध्यक्ष एवम् सखुवाप्रसौनीका उप मेयर शर्मिला महतो बिष्टले गरेका थिए र कार्यक्रममा विभिन्न तहका नेता कार्यकर्ताको उल्लेख्य उपस्तिथी रहेको कुरा सचीव अहमदले जानकारी गराएका छन ।


सम्बन्धित समाचार