Logo

Image via Red Chillies Entertainment

२६ असार, मुम्बई । अभिनेता शाहरुख खानको आगामी फिल्म ‘जवान’को ट्रेलर सार्वजनिक भएको छ । उनी चार वर्षपछि फिल्म पठान मार्फत बलिउडमा फर्किएका छन् ।

फिल्मलाई साउथ निर्देशक एट्ली कुमारले निर्देशन गरेका हुन् । सोमबार सार्वजनिक फिल्मको प्रिभ्यूमा शाहरुखको लुक्स र एक्सन अवतार जबर्जस्त छ ।

दुई मिनेट १२ सेकेण्ड लामो टिजरमा एक्सन, थ्रिल र इन्टेन्स ड्रामाबाट भरपूर प्रिभ्यूमा फिल्मका सबै प्रमुख कलाकार प्रस्तुत छन् ।

प्रिभ्यूमा ‘सरप्राइज’ अभिनेत्री दीपिका पादुकोणको इन्ट्री हो । फिल्ममा उनको अभिनय छ भन्ने जानकारी निर्माण टिमले गराएको थिएन । प्रिभ्यूमा उनलाई प्रस्तुत गर्दै फिल्ममा ‘स्पेशल अपिरियन्स’ रहेको उल्लेख छ । पानीमा कसैसँग भिड्दै गरेको अवस्थामा उनलाई प्रिभ्यूमा चित्रण गरिएको छ ।

‘जवान’ पेन इन्डिया फिल्म हो, जुन हिन्दी, तमिल तथा तेलुगू भाषामा एकसाथ प्रदर्शनमा आउनेछ । गत वर्ष फिल्मको घोषणा हुँदा शाहरुखको लुक्सले ठूलो चर्चा कमाएको थियो । उनको अनुहारमा पट्टी बाँधिएको थियो । प्रिभ्यू टिजरमा पनि उनी यही लुक्समा प्रस्तुत छन् । केही दृश्यमा उनलाई रोमान्टिक अवतारमा पनि देख्न सकिन्छ । ‘जवान’लाई ठूलो क्यानभासमा तयार पारिएको छ ।

फिल्मको प्रिभ्यु ट्रेलर सार्वजनिक भएलगत्तै इन्टरनेटमा हंगामा मच्चिएको छ । ट्रेलर रिलिज भएको ७ घण्टा मै १ कराेड बढीले हेरिसकेका छन् ।

करिब २२० करोड भारु बजेटमा बनेको ‘जवान’ भदौ २१ गते रिलिज हुँदैछ ।


सम्बन्धित समाचार