Logo

२६ असार,बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले अधारभुत तह कक्षा ८ को परिक्षा २०७९ मा उत्कृष्ट नतिजा ल्याउँने विद्यालय र विद्यार्थीलाई सम्मान गरेको छ ।

उपमहानगरपालिका स्तरीय परिक्षामा कक्षा ८ मा जीतपुरसिमरा उपमहानगरपालिका भित्र शत प्रतिशत नतिजा ल्याउन सफल भएका मिसन एकेडेमी उचिडिलाई नगद ५ हजार सहित स्टेशनरी सम्मान र प्रमाण पत्रले जीतपुरसिमरा उपमहानगरपालिकाले सम्मान गरेको छ ।

होराईजन स्कूलका विद्यार्थी अमन कुमार यादवले ३.८५ जिपिए ल्याएर उपमहानगरपालिकामा प्रथम स्थान हासिल गर्नुभएकोमा उहाँलाई नगद १२ हजार ,पाथिभरा अंग्रेजी स्कूलकाका विद्यार्थी संदेश घिमिरे ,सेन्ट जोन्स एकेडेमीका रोहित कुमार पटेल र बारा एकेडेमीका निसिका बस्नेतले समान ३.७८ जिपिए ल्याएर दृतिय स्थान प्राप्त गर्नुभएकोमा जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेल,उपप्रमुख भोला अधिकारी, शिक्षा शाखा प्रमुख शिवजी प्रसादले संयुक्त रुपमा बिद्यार्थीहरुलाई सम्मान गर्नुभएको छ ।

त्यस्तै सामुदायिक विद्यालय तर्फ नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराको इसा थापा मगरले ३.५ जिपिए ल्याएर प्रथम भएकोमा उहाँलाई नगद ५ हजार सहित उपमहानगरले सम्मान गरेको शिक्षा शाखा अधिकृत हरिश भट्टले जानकारी दिनुभयो ।

बिक्रम आधारभूत विद्यालय  बसतपुरका प्रशान्त सहनीले ३.४८ जिपिए ल्याएर दोश्रो स्थान प्राप्त गर्नुभएको छ भने जनजागृति माध्यमिक विद्यालय सखुवघाट्टका सुशील कुमार पटेलले ३.३८ जिपिए ल्याएर तेश्रो स्थान प्राप्त गर्नुभएको शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख शिवजी प्रसादले बताउनुभयोे ।


सम्बन्धित समाचार