Logo

फायल तस्विर

२७ असार, वीरगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ।

आज बिहान साढे ८ बजे नर्भिक अस्पतालमा निधन भएकी दाहालको शव बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म पेरिसडाँडामा राखिने प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको शव श्रद्धाञ्जलीका लागि नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने भएको छ।

त्यसपछि दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने उनले बताए।

बुधवार बिहान ८.३३ बजे नर्भिक अस्पतालमा उनको उपचारका क्रममा निधन भएको हो। प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) रोगबाट पीडित दाहालको ६९ वर्षको उमेरमा निधन भएको प्रधानमन्त्रीका निजी चिकित्सक डा. युवराज शर्माले जानकारी दिएका छन् ।

उनलाई स्वास्थ्यमा समस्या आएपछि आजै बिहान अस्पताल भर्ना गरिएको थियो।

दाहालको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उनका परिवारका सदस्यहरु नर्भिक अस्पतालमा रहेका छन् । सिता दाहालको निधनको खवर पाएका नेकपा माओवादीका कार्यकर्ता र शुभचिन्तकहरुको नर्भिक अस्पतालमा भिड लागेको छ ।

फायल तस्विर


सम्बन्धित समाचार