Logo

२७ असार, वीरगञ्ज । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको ६ दलीय गठबन्धनसहितको सरकारमा जनमत पार्टी पनि सहभागी हुने भएको छ।

जनमत पार्टीले दलकी प्रमुख सचेतक अनिता साहलाई सरकारमा पठाउने निर्णय गरेको अध्यक्ष सिके राउतले जानकारी दिए। राउतका अनुसार मंगलबार बसेको दलको बैठकले साहलाई प्रचण्ड नेतृत्वको सरकारमा पठाउने निर्णय गरेको हो।

सरकारलाई समर्थन गरेपनी जनमतबाट मन्त्री बनेका थिएनन्।

चैत १७ गते काङ्ग्रेस सहितको नयाँ मन्त्री थपिएपछि मन्त्रालयमा असन्तुष्टि जनाउदै जनमतका उपाध्यक्ष अब्दुल खानले राजिनामा दिएका थिए।

त्यसबेला उनी खानेपानी मन्त्री थिए।


सम्बन्धित समाचार