Logo

२८ असार,काठमाण्डौ। जिल्ला अदालत काठमाडौंले अभिनेता भुवन केसीले हालेको मुद्दामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको पक्षमा फैसला सुनाएको छ।

भुवन केसीले अभिनेत्री साम्राज्ञीविरूद्ध १० करोड क्षतिपूर्ति माग गर्दै गाली-बेइज्जती मुद्दा हालेका थिए। बुधबार न्यायाधीश वासुदेव पौडेलको इजलासले साम्राज्ञी शाहविरूद्ध भुवन केसीले दिएको गाली-बेइज्जती मुद्दाको दाबी नपुग्ने फैसला गरेको छ ।

साम्राज्ञी शाहले भुवन केसीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। यसपछि केसीले गाली बेइज्जतीको मुद्दा सामाग्रीविरुद्ध हालेकी थिए ।

साम्राज्ञीले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूले मुद्दा जितेको भन्दै भिडिओ पोस्ट गरेकी छन्। उनले आफ्ना वकिल, प्रशसंक र सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन्।


सम्बन्धित समाचार