Logo

२८ असार,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली भित्र्याएको विभिन्न किसिमका सामानहरु बरामद गरेको छ । प्रहरीले चेकजाँचको क्रममा एक लाख ९१ हजार बिस रुपैया बराबर विभिन्न किसिमका सामानहरु बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय छप्कैया, प्रहरी चौकी ईनर्वा,प्रहरी चौकी बसपार्क र अस्थाई प्रहरी पोष्ट ईनर्वागाँउको संयुक्त टोलीले चोलोको थान कपडा ५ थान,नेटको कपडा ५ थान ,सरुवालको कपडा १ थान, कुर्था सरवाल २० पिस ,गोल्डेन ओक २८ पिस,बिभिन्न किसिमका मोबाईल पार्ट पुर्जा १ झोला,चिनी ९६ के.जि,मो.सा.को ट्युव ६२ पिस,कस्तुरी रक्सी ५५ बोतल ,थानको कपडा ३ थान गरी जम्मा एक लाख ९१ हजार बिस रुपैया बराबरको विभिन्न किसिमका सामानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

बरामद गरिएका सामानहरुलाई आवशयक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।


सम्बन्धित समाचार