Logo

२८ असार,वीरगञ्ज । पर्साको गादीमाई साझेदारी वन ब्यावस्थापन समुहको अध्यक्षमा सहरुम गदी निर्बाचित भएका छन ।समुहको प्रथम सधारण सभा अन्र्तगत सम्पन्न निर्बाचनबाट उनी अध्यक्ष पदमा निर्बाचित भएका हुन ।

जिल्लाको बसन्तपुर सब डिभिजन बन कार्यालयमा बुधबार र बिहबिार दुई दिनसम्म चलेको पहिलो सधारण सभामा गदी १२६ मत प्राप्त गरि बिजयी भएका हुन ।उनी आफना निकटतम प्रतिस्पर्धी कृष्णमोहन यादवसित १७ मतान्तरले अध्यक्षमा बिजयी भएका हुन ।

समुहमा रहेका २५९ सदस्यहरु रहेका छन ।समुहको अध्यक्षसहित उनको प्यानल नै बिजयी भएका छन । समुहको पदाधिकारी चयनको लागि पर्साको जिराभवानी गाउँपालिका,पटेर्वा सुगौली,सखुवा प्रसौनी,जगरनाथपुर,धोबिनी,कालिकामाई र छिपहरमाई गाउँपालिकाका ३७ वटा वडाहरुका प्रतिनिधीहरुले मतदान गरेका थिए ।

अध्यक्षमा बिजयी भएपछि गदीले बन बिनास रोक्न तस्करी रोक्ने तथा जँगल मासिदै जादा पानी समेत नपर्ने समस्या रहेका कारणले बनजँगल सँरक्षण गर्ने आफनो पहिलो उदेशय हुने बताए ।उनले समुहलाई पर्सा जिल्लामै नमुना वन समुहको रुपमा स्थापित गराउनको लागि काम गर्ने प्रतिबद्धता जनाए ।

उनले २०६७ सालमै स्थापना भएको समुहको हालसम्म राजनिती र बन तस्करका कारणले नै सधारण सभा नभएर पदाधिकारी चुन्न नसकिएकोले अब नियमित रुपमा समुहको काम कारवाही अघि बढने बिश्वास ब्यक्त गरे ।

 


सम्बन्धित समाचार