Logo

२९ असार,वीरगञ्ज । साउन १ गतेदेखि नारायणी अस्पतालको सरसफाई वीरगञ्ज महानगर पालिकाले गर्ने भएको छ । नारायणी अस्पतालको सरसफाईको जिम्मा महानगरपालिकाले लिने नगर प्रमुख राजेशमान सिंहले यसअघि नै घोषणा गरे अनुसार साउन १ गतेदेखि सरसफाइको जिम्मा लिने गरी आज दुईपक्षीय सम्झौता भएको छ ।

वीरगञ्ज महानगर पालिकाका नगर प्रमुख राजेशमान सिंह र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको उपस्थितमा नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चित्तरन्जन साह र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतापत्रमा हस्ताक्षर आदान प्रदान गरेर औपचारिक रुपमा साउन १ गतेदेखि अस्पतालको सरसफाईको जिम्मा महानगरपालिकाले गर्ने भएको हो । सरसफाईका विषयमा महानगरपालिकाले गरेको सुधारको चौतर्फी प्रशंसा भईरहेको बेला नारायणी अस्पतालको पनि सरसफाईको जिम्मा लिएपछि अब नारायणी अस्पतालको सरसफाईमा पनि सुधार हुने अपेक्षा गरिएको छ ।

स्वास्थ्य संग सरोकार राख्ने अस्पताल जस्तो संवेदनशील स्थानमा सरसफाई नै मुख्य कुरा भएकोले महानगरपालिकाले सरसफाई गर्ने जिम्मा लिएको महानगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।


सम्बन्धित समाचार