Logo

३० असार, वीरगञ्ज । वीरगञ्ज भंसारबाट जाँचपास गरी वीरगञ्ज तर्फ आउदै गरेका सामान सहितको तीन वटा ट्रकलाई शुक्रवार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज भंसार कार्यालय (आइसिपी)बाट निस्केका ३ वटा ट्रकमा रहेको सामान विल विजक भन्दा फरक र बढी रहेको भन्दै सशस्त्र प्रहरीले वीरगञ्ज चण्डाल चोक नजिकबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरिक्षक सन्तोष वस्नेतले वताए ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका ना ६ ख २३३५, ना ६ ख ४४४६ र बा.प्र. ०३– ००१ ख १९९७ नम्वरका ट्रकलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको प्रहरी नायव उपरिक्षक वस्नेतले जानकारी दिए ।

प्रहरीले राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाएका तीन वटा ट्रकमा ८७ केजी भटमास, किसमीस, तकिया, नेट पर्दाको कपडा लगायतका सामान र उक्त सामान १ करोड २१ लाख २२ हजार ८३७ मूल्य बरावरको रहेको विल विजक सहित अनुसन्धानका लागि पथलैयाको जिम्मा लगाइएको सशस्त्र प्रहरी नायव उपरिक्षक बस्नेतले बताए ।


सम्बन्धित समाचार