Logo

असार ३१, वीरगञ्ज । भारतको उत्तर प्रदेशमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा पाँच जना बोलबम यात्रीको मृत्यु भएको छ। उत्तर प्रदेश मेरठ जिल्लाको राली चौहान गाउँमा गए राति करिब आठ बजे यो घटना भएको हो।

बोलबम यात्री सवार गाडीको माथिल्लो भाग हाइटेन्सन लाइनको तारमा छोइएर करेन्ट लागेको थियो। करेन्ट लाग्दा १० जना घाइते भएका थिए । भने पाँच जनाको मृत्यु भएको हो।

यसअघि गत शुक्रबार र शनिबार पनि भारतको मुजफ्फरनगर जिल्लामा भएका अलग(अलग सवारी दुर्घटनामा चार जना बोलबम यात्रुको मृत्यु भएको थियो।


सम्बन्धित समाचार