Logo

असार ३१,वीरगञ्ज । वीरगञ्जमा सुरक्षित गर्भपतनका सम्बन्धमा सञ्चारकर्मीहरुसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासँघ पर्साका सभाहलमा आयोजित कार्यक्रममा पत्रकारमार्फत जनतालाई सुरक्षित गर्भपतनका सम्बन्धतामा सचेतना फैलाउने अभिप्रायका साथ अभिमुखीकरण गरिएको स्वास्थ्य लाइभका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले बताए । उनले वीरगञ्ज महानगरसहित मधेश प्रदेश र समग्र देशको तथ्यांक प्रस्तुत गरेका थिए । प्रस्तुत गरेको तथ्यांकअनुसार अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा असुरक्षित गर्भपतन गराउनेको संख्या बढी भएको बताए ।

मधेस प्रदेश सँगै देशका अन्य जिल्लाहरुमा हुने गरेको अबैध गर्भपतन औषधिको सेवनले महिलाको स्वास्थ्यमा बिभिन्न किसिमका समस्याहरु आउने गरेको कार्यक्रममा चिकित्सक शयाम लम्सालको भनाई थियो ।उनले मुलुकी ऐनसित स्वास्थय ऐन बाँझिएकाले पनि सुरक्षित गर्भपतनमा कमि आएको बताए ।

सरकारले मान्यता दिएको दस प्रकारको औषधिले नै सुरक्षित गर्भपतन गराउनुपर्ने भएपनि खुल्ला सिमानाका कारण पर्सा जिल्लासँगै मधेस प्रदेशमै भारतबाट अबैध रुपमा मान्यता नदिइएको गर्भपतनको औषधी लुकिछिपी ल्याएर प्रयोग गर्ने प्रबृतिलाई रोक्नको लागि सिमानाकामा प्रहरी प्रशासनसित समन्वय गर्ने,अनुगमन गर्ने जस्ता कार्यहरु गर्दै आएको अभिमुखीकरण कार्यक्रममा बोल्दै औषधि ब्यावस्था कार्यालय वीरगञ्जका प्रमुख किरण बज्राचार्यले जानकारी दिए ।

आवश्यक्ताअनुसार सम्बन्धीत निकायलाई अनुरोध गर्ने र आवश्यक सहकार्य तथा समन्वय गर्ने बाहेकका काम कार्यालयको अधिकार क्षेत्रभन्दा बाहिरको भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साहले बताए । पर्सेली पत्रकारलाई सुरक्षित गर्भपतनका सम्बन्धमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएकोमा आयोजक स्वास्थ्य लाइभ प्रति नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले आभार व्यक्त गरे ।


सम्बन्धित समाचार