Logo

फाइल तस्विर

असार ३१,वीरगञ्ज । अमेरिकाको अलास्का राज्यमा भूकम्पको धक्का महसुस गरिएको छ ।

रिक्टर स्केलमा भूकम्पको तीव्रता ७.४ थियो । अमेरिकाको सुनामी चेतावनी प्रणालीले पनि अलर्ट जारी गरेको थियो । तर, पछि रद्द गरियो ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु जमिनबाट ९.३ किलोमिटर गहिराइमा थियो ।

भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी प्राप्त भएको छैन।


सम्बन्धित समाचार