Logo

१ साउन, वीरगञ्ज । नेपाल वायुसेवा सञ्चालक संघको असहमतीका विच सोमबारदेखि हवाई भाडामा भ्याट समायोजन हुने भएको छ ।

सरकारले आर्थिक बर्ष २०८०र०८१ को बजेट मार्फत पहिलो पटक हवाई भाडामा भ्याट लगाउने निर्णय गरेको थियो । उक्त निर्णय सच्चाउन नेपाल बायुसेवा संचालक संघले सरकारलाई दवाव दिदै आएको थियो ।

सरकारले हवाई सेवामा लाग्ने भ्याट कार्यान्वयनमा लैजाने निर्णयबाट पछि नहटेपछि नेपाल वायुसेवा सञ्चालक संघहरुले साउन १ गतेदेखि सम्पूर्ण हवाई सेवामा भ्याट कार्यान्वयनमा लैजान सहमती जनाएका हुन ।

हवाई सेवालाई भ्याटमा लैजाने सरकारको निर्णय विरुद्ध विभिन्न टिकाटिप्पणी भएपनि अन्ततः हवाई सेवा सञ्चालकहरु मूल्य अभिवृद्धि कर (भ्याट) मा जान बाध्य भएका हुन् । नयाँ आर्थिक वर्ष शुरु भएसँगै सोमबार (आज)देखि नै भ्याट कार्यान्वयनमा जाने र सो भ्याट भाडामा समायोजन गरिने छ ।

नेपाल वायुसेवा सञ्चालक संघले एक विज्ञप्ति जारी गर्दै बजेटमा आएको हवाई सेवामा लाग्ने मूल्य अभिविद्धी कर (भ्याट) हवाई भाडामा समायोजन हुने गरी कार्यान्वयन गर्ने जनाएको छ ।


सम्बन्धित समाचार