Logo

१ साउन,वीरगञ्ज । एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत ’ए’ सँगको खेलमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । रोहितले ६४ बलमा अर्धशतक बनाए ।

श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले राम्रो शुरुवात गर्न सकेन । नेपालका कुशल भुर्तेल शून्य, आसिफ शेख ७, देव खनाल १५, भीम सार्की ४ र कुशल मल्ल शून्य रन र सोमपाल कामी १४ रनमा आउट भए । अहिले क्रिजमा कप्तान रोहित पौडेल र गुलसन झा छन् ।

नेपालले १० ओभरमा ३७ रन बनाउँदा ५ विकेट गुमाएको अवस्थामा रोहित र सोमपालले पारी सम्हालेका थिए । त्यसपछि छैटौँ विकेटका लागि रोहित र सोमपाल कामीले ५३ रनको साझेदारी गरेका थिए । नेपालले ताजा अवस्थामा २९ ओभरमा ६ विकेट गुमाएर १ सय १७ रन बनाएको छ ।

 


सम्बन्धित समाचार