Logo

१ साउन,वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पताललाई फोहोर मुक्त गरि सफा स्वच्छ बनाउने वीरगञ्ज महानगर पालिकाको अभियान आज देखि सुरु भएको छ ।

आज सावन १ गतेदेखि महानगर पालिकाको सरसफाइकर्मीहरुले सफाइ सुरु गरेका छन् । स्वाथ्य जस्तो सम्वेदनशिल ठाउँ फोहोर रहेको भन्ने गुनासोपछि मेडिकल सुपरिटेन्डेन्ट डा. चित्तरन्जन साह र वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलविच गत शनिबार सम्झौता भई सरसफाईको जिम्मा नगरपालिकाले लिएको थियो ।

नारायणी अस्पताल र वीरगञ्ज महा नगरपालिका बिच साउन १ गते देखी २०८१ साल असार ३१ गते सम्म सरसफाइ सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौता अनुसार नारायणी अस्पतालको बाहिरी सरसफाइ जस्तै ( शौचालय, बरन्डा, भर्याङ, अस्पताल परिसर तथा प्रशासनिक भवन) समेतको जिम्मेवारी वीरगञ्ज महा नगरपालिकाले लिएको छ ।

अस्पतालको शल्यक्रिया कक्ष र वार्ड भित्रको सरसफाइ तथा फोहर व्यवस्थापनको जिम्मेवारी नारायणी अस्पतालको छ । सोही सम्झौता अनुसार आज विहान महानगर प्रमुख सिंह आफै सरसफाईकर्मीसहित ट्र्याक्टर लिएर अस्पताल पुग्नु भएको थियो । अस्पतालमा आजदेखि वीरगञ्ज महानगरका सरसफाईकर्मीहरुले कुनाकुना सफाई गरेका छन् ।

नारायणी अस्पताल परिसरमा जथाभावी फोहर गर्ने उपर वीरगन्ज महानगरपालिकाको फोहरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम दण्ड जरिबाना तथा कारबाही समेत गरिने नगर प्रमुख सिंहले बताउनुभयो ।


सम्बन्धित समाचार