Logo

२ साउन वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको नाम लिएर छात्रवृत्ति दिलाई दिने भन्दै ठगी गर्ने एक जनालाई महानगरकाले नियन्त्रणमा लिएर पर्सा प्रहरीको जिम्मा लगाएको छ ।

वीरगञ्ज महानगरकामा सञ्चालित मोदी इन्स्टिच्युट एंड ट्रेनिङ्ग सेन्टरका सञ्चालक राहुल मोदीलाई मेयर राजेशमान सिंहले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।

राहुलले महानगरपालिकाको सिफारिसमा छात्रवृत्ति दिलाइदिने भन्दै विद्यार्थीहरुलाई ठगेको गुनासो आएपछि मेयर सिंहले उनलाई आफ्नोे कार्यकक्षमा झिकाएर सोधपुछ गरि थप कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएका हुन् ।

मोदी इन्स्टीच्युटका सञ्चालक राहुले एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुको लागि वीरगन्ज महानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनका लागि उपलब्ध गराउँदै आएको छात्रवृत्तिको परिक्षामा पास गराइदिने प्रलोभन दिएर विद्यार्थीहरुबाट झण्डै एक लाख रुपैयाँ माग्दै गरेको गुनासो आएको थियो ।

छात्रवृत्तिका लागि महानगरको शैक्षिकल महाशाखालाई ५० हजार , विद्यार्थीले रोजेको विद्यालयलाई ३० हजार र आफूले २० हजार लिने गरी प्रत्येक विद्यार्थीहरुसँग एक एक लाख रुपैयाँ माग्ने गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि वीरगञ्ज महाागरका मेयर सिंहले मंगलबार बिहान मोदीलाई आफ्नो कार्यालयमा झिकाई सोधपुछ गरि आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको मेयर सिंहको सचिवालयले जनाएको छ ।

 


सम्बन्धित समाचार