Logo

२ साउन,वीरगञ्ज । पर्सामा एक बर्षको अवधिमा महिला हिँसा सम्बन्धी ७९ वटा घटनाहरु भएका छन ।बितेको आर्थिक बर्ष ०७९/८० मा जिल्लामा ७९ वटा महिला हिँसा समबन्धि घटनाहरु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

तथ्याँक अनुसार बितेको आवमा जवरजस्ती करणीका ४९ ,जवरजस्ती करणी उधोगको ५, अप्राकृतिक करणीका १, वाल यौनर्दुव्यहारका चारवटा घटनाहरु भएका छन ।

यसैगरि बहुविवाह सम्बन्धि १३ , दाईजो सम्बन्धि १, मानवबेचबिखन तथा ओसारपसारका ४ र गर्भपतन सम्बन्धी दुई वटा घटनाहरु प्रहरी कार्यालयमा दर्ता भएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक गिरीले जानकारी दिए ।गिरीका अनुसार यी सबै घटनाहरुको बारेमा प्रहरीले अनुसनधान गरिरहेको छ ।


सम्बन्धित समाचार