Logo

वीरगञ्जमा रहेकाे क्लासिक हाेटलमा वीरगञ्ज महानगरले डाेजर चलाउदै

२ साउन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आर्दशनगर स्थित क्लासिक होटलको भवनमा डोजर चलाएको विषयलाई लिएर बिवाद उत्पन भएको छ ।

महानगरले वीरगञ्जको मुख्य नाला माथि बनेका संरचना हटाउने क्रममा आर्दशनगरमा रहेको क्लासिक होटलमा मंगलबार डोजर चलाएपछि होटल संचालकले अवरोध गरेका छन् । वीरगञ्ज नगर विकास समितिसँग नाला माथिको जग्गा खरिद गरेको लालपूर्जा र महानगरपालिकाले भवन निर्माणका लागि दिएको नक्सापास देखाउदा समेत डोजर चलाएपछि विवाद भएको थियो ।

होटल संञ्चालक  सफागत अलिले महानगर आफैले बेचेको र नक्सा पास गरेर भवन वनाउन दिएको जग्गामा वनेको संचना माथि छुन नपाउने बताएका छन् । होटल संचालकसँग प्रमाण हुदाँहुदै महानगरले धाक धम्कीका भरमा जर्वजस्ती भवन भत्काउन खोजेको भन्दै अलिले त्यसको प्रतिवाद गरेका थिए ।

तात्कालीन पशुपति आदर्शनगर निर्माण समितिले २०३१ साल असोज २१ गते शहर बसाल्ने क्रममा वीरगञ्ज निवासी अब्दुल जफर लाई उक्त जग्गा विक्रि गरेको थियो । जफरले सोही समयमा वीरगञ्ज महानगरपालिकाबाट नक्शा पास गराई उक्त ठाउमा घर निर्माण गरेका थिए ।

महानगरपालिकाले तोके बमोजिमको २०३१ साल असोज २१ गते देखी आज सम्मको कर तिरदै आएको घर धनि अलिको भनाई छ । महानगरले आफैले बेचेको जग्गामा ४९ वर्ष पछि उक्त जग्गा सार्वंजनकि हो भन्दै जर्वजस्ती डोजर चलाएको छ ।

होटल संञ्चालक सफागत अलिका अनुसार आज भन्दा करीब आठ महिना पहिला २०७९ असोज ५ गतेका दिन जग्गाको सम्पूर्ण प्रमाण पेश गर्न भनि पत्र काटिएको थियो ।सोही मितिमा आफू सम्पूर्ण प्रमाण महानगरपालिकामा पेश गरि सकेको अवस्थामा आज जर्वजस्ती घरमा डोजर चलाएको अलिको भनाई छ ।

वीरगञ्ज महानगरपालिकाले मुख्य नालाको क्षेत्र भित्र बनेको भौतिक संरचना हटाउने अभियान सञ्चालन गरेको छ । आजै हरिखेतान क्याम्पसको हाता भित्र रहेको भवनमा डोजर चलाएर नालामाथि बनेका सञ्चना हटाइएको सार्वजनिक जग्गा खोजविन समितिका संयोजक प्रदीप चौरसियाले बताए ।

होटल संञ्चालकसँग जग्गा धनी प्रमाणपत्र पूर्जा भए वा नक्सा पास गरेको प्रमाण भए लिएर बुधवार विहान महानगरमा आउनु भनिएको वडा नं. ५ का वडा अध्यक्ष चौरसीयाले बताए । उनले महानगरले मुख्य नालामाथि संरचना बनाउने गरी जग्गा पास गरेको भन्ने होटल सञ्चालकको दावी आएपछि छलफलका लागि डोजर लगाउने काम रोकिएको जानकारी दिए ।


सम्बन्धित समाचार