Logo

३ साउन,काठमाडौं। आज नेपाल र संयुक्त अरब इमिरेटस बीच क्रिकेटमा प्रतिस्पर्धा हुँदैछ। एसिसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुन लागेको हो।

आज हुने खेल पिसारा ओभल खेल मैदान कोलोम्बोमा हुने छ। सो खेल नेपाली समय अनुसार बिहान १०ः १५ बजेबाट सुरु हुनेछ।समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरी सकेका छन्। यद्यपि आज प्रतिस्ठका लागि दुवै टोली आज एक अर्कासँग आमने सामने हुनेछन्।

नेपाल आफनो पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित हुनु परेको नमिठो पीडासहित मैदानमा उत्रन लागेको हो भने युएई पनि भारत र पाकिस्तानसँग पराजित भएर नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो।

युएइ भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएर नेपालसँग आज प्रतिस्पर्धामा उत्रन लागेको हो।

 


सम्बन्धित समाचार