Logo

३ साउन, वीरगञ्ज । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको अहिले भइरहेको युएईविरुद्धको खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

कुशलले ३३ बलमा अर्धशतक पूरा गर्ने क्रममा ४ चौका र २ छक्का हिर्काए। अहिले नेपालका लागि कुशलसँगै देव खनालले ब्याटिङ गरिरहेका छन्।

नेपाल अहिले १० ओभरमा ७३ रन बनाएर खेलिरहेको छ । नेपाललाई पहिला ब्याटिङ गरेको युएईले १५८ रनको लक्ष्य दिएको छ ।


सम्बन्धित समाचार