Logo

४ साउन, वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ कोनियामा किसानहरुलाई सिंचाईका लागि पानी तान्ने विद्युतीय मोटर र विषादी छर्कने स्प्रे ट्यांकी वितरण गरिएको छ ।

वीरगञ्ज महानगरपालिकाको धान पकेट विकास कार्यक्रम तथा समृद्विका लागि वन परियोजना कार्यक्रम अन्तर्गत कृषि उकपरण वितरणा र वृक्षारोपण गरिएकाो हो । आज बिहीबार आयोजित कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले किसानहरुलाई १२ थान विद्युतीय मोटर र ३० थान स्प्रे ट्यांकी वितरण गर्नुभएको थियो । यस्तै उपमेयर आलमले उद्घाटन गरेको वृक्षारोपण कार्यक्रममा फलफुल प्रजातिका १ हजार वठा विरुवाहरु पनि रोपिएको छ ।

कार्यक्रममा बोल्दै उपमेयर आलमले वनजंगल मासिँदै जाँदा वातावरणमा गम्भीर असर परिरहेको बताउनुभयो । अहिले वर्षा नहुदाँ खेतीयोग्य जग्गा बाँझो भइरहेकाले त्यसैलाई मध्यनजर गरि सिंचाइका लागि विद्युतीय मोटर वितरण गर्नु परेको उपमेयर आलमले बताउनुभयो ।

आलमले जलवायु परिवर्तन रोक्न नसकेपनि वृक्षारोपण गरेर, वनजंगल जोगाएर हरियाली बनाउन सक्नेमा जोड दिनुभयो ।” ‘एक घर एक रुखको नीतिलाई महानगरले कडाइका साथ लागू गर्ने उहाले प्रतिबद्धता जनाउनुभयो । वीरगंज महानगरपालिकाको सहयोग तथा शान्ति सदभाव कृषक समूह र मेलमिलाप कृषक समूहे आयोजना गरेको कार्यक्रममा वडा नम्बर ३१ को वडाअध्यक्ष जितेन्द्र प्रसाद यादव  , स्थानीयवासी लगायतको पनि सहभागीताा थियो ।

 


सम्बन्धित समाचार