Logo

४ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पसिरमा अझै सुन रहेको आशङ्का गरिएको छ । परिसरमा अझै सुन रहेको आशङ्का रहेकाले राजस्व अनुसन्धान विभागले विशेष अप्रेसन गरेको जनाएको छ ।विभागका महानिर्देशक नवरान ढुङ्गानाका अनुसार अझै सुन बाँकी रहेको आशङ्कामा अहिले विमानस्थलमा विशेष अप्रेसन जारी छ ।

महानिर्देशक ढुङ्गानाले भन्नुभयो, “उही प्रकृतिको सुन अझै विमानस्थल परिसरमा रहेको आशङ्कासहित विशेष अप्रेशन जारी छ । सुन छ भन्ने आशङ्का छ तर पहिलेको जति वा कम हो भन्ने थाहा छैन ।” विभागले बुधबार त्रिभुवन विमानस्थल कार्गो परिसर अघिबाट एक सय किलो बढी अवैध सुन बरामद गरेको थियो ।

अहिले उक्त सुनको मुचुल्का गर्ने काम भइरहेको छ । अहिले विशेष अनुसन्धानका लागि विभागका महानिर्देशक ढुङ्गाना विमानस्थलमै पुग्नुभएको छ ।


सम्बन्धित समाचार