Logo

५ साउन, वीरगञ्ज । मधेस प्रदेशमा अझै ५० वटा स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेभपोर्टलमा बजेट प्रविष्ट गरेका छैनन् । एकसय ३६ स्थानीय तह रहेको मधेस प्रदेशको सप्तरीमा १८ वटा पालिका मध्य ८ वटाले सिराहाको १७ वटा पालिकाम मध्य ७ वटाले बजेट प्रविष्ट गरेको छैन ।

त्यसैगरी धनुषाको १३ मध्य ५ वटा २ वटा, सर्लाहीको १३ वटा पालिका मध्य ६ वटा, रौतहटको १८ वटा स्थानीय तह मध्य ९ वटा, बाराका १६ मध्य ४ वटाले र पर्साको १४ मध्य ९ वटाले अझै बजेट पेश गरेका छैनन् । मधेस प्रदेशमा बजेट पेश नगरेको सबैभन्दा बढी स्थानीय तह पर्साका रहेका छन् ।

पर्सा जिल्लाको सखुवा प्रसौनी, धोविनी र विन्दवासिनी गाउँपालिकाले अझै बजेट ल्याउन सकेको छैन ।


सम्बन्धित समाचार