Logo

५ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अनधिकृत रूपमा डिप बोरिङ्ग जडान कार्य बन्द गर्न सूचना जारी गरेको छ । पछिल्लो लामो समय देखी वर्षा नहुँदा बढ्दै गएको खानेपानीको समस्यालाई मध्यनजर गर्दै महानगरपालिकाले डिप बोरिङ जडान कार्य बन्द गर्न सूचना जारी गरेको हो ।

वीरगञ्जसहित महानगर क्षेत्रभित्र विभिन्न वडाहरूमा अनधिकृत रूपमा इजाजत नलिई जथाभाबी डिपा बोरिङ्ग जडानको कार्य भइरहेकोप्रति महानगरपालिकाले आपत्ति जनाएको छ । इजाजत बिना नै भइरहेको डिप बोरिङ्ग जडानको कार्य तत्काल बन्द गर्न पनि महानगरले सोही सूचनामार्फत आग्रह गर्दै महानगरपालिकासँग स्वीकृत लिएर मात्रै डिप बोरिङ्ग गर्नुपर्ने सूचनामा उल्लेख छ ।

अनुमति बिना जथाभाबी रूपमा डिप बोरिङ्ग जडान गर्ने कार्य भएको पाइएमा त्यस्तो कार्य गर्ने र गराउने दुवै पक्षलाई महानगरपालिकाले कारबाही गर्ने पनि उक्त सूचनामार्फत चेतावनी दिइएको छ । पछिल्लो केही समय यता वीरगञ्जसहित तराईका क्षेत्रमा पानीको हाहाकार भएको छ ।

 


सम्बन्धित समाचार