Logo

५ साउन, वीरगञ्ज । स्वर्गीय पत्रकार नरेश सर्राफको स्मृतिमा नेपाल पत्रकार महासंघ पर्साले स्थापना गरेको अक्षय कोषमा वीरगञ्ज महानगरपालिकाले १० लाख रुपैयाँ प्रदान गरेको छ ।

वीरगञ्ज महानगरपालिकाको कार्यालय शुक्रबार पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीलाई पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य प्रदीप यादव र मेयर राजेशमान सिंहले संयुक्त रुपमा १० लाख रुपैयाँको चेक प्रदान गरेका हुन् ।

यसैबीच शुक्रबारनै वीरगञ्ज महानगरपालिकाले स्वर्गीय पत्रकार सर्राफकी छोरी श्रेया सर्राफको अध्ययन र भरणपोषणका लागि नगद ५ लाख रुपैया प्रदान गरेको छ । पत्रकार महासंघ पर्सा शाखाका सदस्य समेत रहेका ३८ वर्षिय सर्राफको गत मंसिर १५ गते हृदयतघात कारण निधन भएको थियो ।सर्राफको निधन भएको १० औँ दिनको पुण्य तिथिमा गत मंसिर २५ गते आयोजित श्रद्धाञ्जली सभामा मेयर राजेशमान सिंहले गरेको घोषणा अनुसार शुक्रबार सर्राफकी छोरी श्रेयालाई ५ लाख रुपैयाँ र अक्षय कोषमा १० लाख रुपैयाँ प्रदान गरिएको हो ।

स्वर्गीय सर्राफको स्मृतिमा स्थापना गरिएको अक्षय कोषमा अहिलेसम्म रेडियो वीरगञ्जले १ लाख रुपैया, समाजवादी प्रेस संगठन पर्साले १ लाख रुपैया , प्रतिनिधीसभा सदस्य यादवले पनि १ लाख रुपैया ,राष्ट्रिय भूमी आयोग पर्साका अध्यक्ष एवं जसपाका जिल्ला सचिव तबरेज अहमदले ५० हजार रुपैयाँ , नेपाल प्रेस युनियनका केन्द्रिय सचिव अशोक तिवारीले नगद २१ हजार र पत्रकार महासंघका पूर्व मध्यमान्चल संयोजक महेश दासले नगद १० हजार रुपैया प्रदान गरेका छन् ।


सम्बन्धित समाचार