
६ साउन वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउपालिका वडा नम्बर ३ झौवागुठीमा रहेको एक कुखुरा फाराममा आगलागी भएको छ ।
मनिष एन्ड अनिस पाेल्ट्रि फार्ममा शुक्रबार राति आगलागी भएकाे हो । मध्य रातमा बिधुत सर्ट सकिट भई भएकाे आगलागीमा परि रु १० लाख बराबरकाे क्षति भएकाे प्रहरीले जनाएकाे छ ।
त्याँहा संचालनमा रहेकाे फर्म मध्ये एउटा पुर्ण रूपमा जलेकाे छ । जलेकाे फर्ममा ९ सय कुखुरा तयारी अवस्थामा थियाे । साथै आगलागीमा २० बाेरा जति कुखुराकाे दाना पनि जलेर नष्ट भएकाे फर्मका सँचालक अनुप साहले वताए ।
आगलागीले बिधुत आपुर्ति गर्न राखिएकाे एक थान जेनेरेटर पनि जलेर नष्ट भएकाे अमरपट्टि प्रहरी चाैकीका प्रमुख हरि चाैहानले वताए ।
उनका अनुसार फर्ममा काेई नभएकाे बेला बिधुत सर्ट भई आगाे लागेकाे हाे । आगो स्थानीय बासिन्दा, दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो ।