Logo

६ साउन,बारा । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले चालु आर्थिक वर्षभित्र देशभरका सबै विद्यालयमा इन्टरनेट सेवा  पुर्‍याउने तयारी गरेको बताउनुभएको छ ।

बाराको सिमरामा नेपाल टेलिकम प्रादेशिक निर्देशनालयले आयोजना गरेको कार्यक्रममा उहाँले शिक्षालाई प्रविधियुक्त बनाउन देशभरिका सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट पु¥याउने तयारी भइरहेको बताउनुभयो ।

धेरै विद्यालयमा इन्टरनेट सुविधा पुगिसकेको र बाँकी विद्यालय पनि चालु आर्थिक वर्षभित्र इन्टरनेट पु¥याउने उहाँको भनाई छ । पूर्वाधार निर्माणका क्रममा सरकारी निकायबीच समन्वय नहुँदा समस्या उत्पन्न हुने गरेको उल्लेख गर्दै उहाँले सडक, खानेपानी, विद्युत, दूरसञ्चारका पूर्वाधार निर्माणमा समन्वयमा ध्यान दिन आग्रह गर्नुभयो ।


सम्बन्धित समाचार