Logo

७ साउन, काठमाडौं । सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत ३ जना भन्सार कर्मचारी सहित ६ जना आज पक्राउ परेका छन् ।

राजस्व अनुसन्धान विभागको विशेष टोलीले आ इतबार भंसार अधिकृत सहित ३ जना भंसारका कर्मचारी र ३ जना भंसार एजेन्टलाई पक्राउ गरेको हो । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ ।

आइतबार पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ रहेका छन् । यस्तै सुन भन्सार पास गराउन संलग्न रहेको आरोपमा भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमणी सुब्बालाई पनि पक्राउ परेका छन् ।

यसअघि गत मंगलबार, बुधबार र बिहीबार गरेर राजस्व अनुसन्धान विभागले सुन तस्करी संलग्न १० जनालाई नियन्त्रणमा लिएको थियो ।

गत मंगलबार हङकङबाट आएको क्याथे प्यासिफिक एयरमार्फत एक सय केजी सुन स्कुटरको ‘ब्रेक शू’ मा लुकाएर काठमाडौं ल्याइएको थियो । सो सुन भन्सार प्रणाालीबाट सहजै पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बरामद गरेको थियो ।


सम्बन्धित समाचार