Logo

७ साउन, वीरगञ्ज । पर्सामा गण्डक नहरमा डुवेको अवस्थामा एकजना बालकको शव फेला परेको छ ।

पकाहामैनपुर गाउँपालिका–१ धोरे घर भई हाल वीरगञ्ज –११ श्रीपुरमा बस्दै आएका राजमोहनलाल कर्णका १४ वर्षीय छोरा शुभम कुमार कर्णको नहरमा डुवेको अवस्थामा लाश फेला परेको प्रहरीले जनाएको छ ।

शुभम शनिवार दिउँसो साथीहरुसँगै पढन भनेर घरबाट निस्केको थिए । शुभम अबेर राती सम्म घरमा नआएपछि परिवारले खोजी कार्य शुरु गर्दै प्रहरीमा जानकारी गराएका थिए ।

आइतवार विहान ९ बजे गण्डक नहरको निर्माणाधीन गेटमा एउटा बालकको शव देखिए पछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। घटनास्थल नजीकै गण्डक नहरको डिलबाट शुभमको कपडा फेला परेको थियो ।

शुभमको शव परीक्ष्ँणको लागि नारायणी अस्पतालमा राखिएको र घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनको डुवेर मृत्यु भएको हो की कसैले हत्या गरेको हो भन्ने कुरा अनुसन्धानको क्रममा पत्ता लाग्ने प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार